अर्घाखाँची प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा वैज्ञानिक वन व्यबस्थापन उपभोक्ताले ज्ञापन पत्र बुझायो

अनिल नेपाली  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । वैज्ञानिक वन व्यबस्थापन उपभोक्ता लुम्विनी प्रदेश महासंघले आज लुम्विनी प्रदेशका विभिन्न जिल्लामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज अर्घाखाँची जिल्लामा डिभिजन बन कार्यालय अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । 
महासघका लुम्विनी प्रदेश अध्यक्ष दिपक कुमार थापा द्धारा हस्तारिक्षत ज्ञापन पत्र बुझाउदै आफ्ना मागहरु सरकारले विगत लामो समयदेखि बेबास्ता गरेको बताउदै उपमोक्ताले उपभोग गर्ने  अधिकार बाट बन्चित गरेकोले आफुहरुले राज्यलोई सचेत गराउनको लागि विभिन्न सघर्षका कार्यक्रम तय गरेको बताउदै २९ गते लुम्विनी प्रदेशका डिभिजन कार्यालय बन कार्यालय घेराउ तथा कोण सभा कार्यक्रम २०७९ बैशाख ५ गते लुम्विनी प्रदेश बन तथा बाताबरण मन्त्रालय घेराउ तथा कोणसभा कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने अपिल समेत गरेको छ । 
ज्ञापन पत्र बुझदै डिभिजन बन अधिकृत ईश्वरी पौडेल जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थी ले ज्ञापन पत्र बुझदै उपभोक्ताका मागहरु प्रति आफुहरु जिम्मेबार रहेको बताए । 

अन्य समाचारहरु