भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । सन्धिखर्क नगरपालिका न्यायीक समिति अर्घाखाँचीद्वारा मेलमिलाप बिषयक दुई दिवसिय पुनरताजगी तालिम आज सम्पन्न भएको छ ।
गाउँमा हुने सामान्य झैझगडाहरु गाउँमै मिलाउन तथा झगडाका दुबै पक्षको जीत हुने गरी मुद्धा मिलाउन मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान गरिएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले बताए ।
उनले सानातिना झैझगडा लिएर नगरपालिकाको न्यायीक समिति, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालतसम्म जान नपरोस भनी गाउँमै मुद्धा मिलाउन सक्ने मेलमिलापकर्ताको उत्पादन गर्ने तालिमको उदेश्य रहेको बताए ।
दुई दिबसिय तालिमको सहजीकरण जिल्ला न्यायाधीश बासुदेब न्यौपाने तथा श्रेस्तेदार महेश खनाल, लगायतले गर्नु भएको तालिममा ६५ जना मेलमिलापकर्ताको सहभागिता रहेको न्यायीक शाखाका प्रमुख अधिकृत जीवनारायण आचार्यले बताए । तालिमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उद्धाटन गरेका थिए ।
तालिमको समापन समारोह सन्धिखर्क नगरपालिका न्यायीक समितिका संयोजक नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता र अधिकृत जिबनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।