गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । लुम्विनी प्रदेश सभा सदस्य तथा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले जिल्लाको विकासमा आफुले कुनै कसर बाकी नराखेको बताउनुभयो ।
सन्धिखर्क नगरपालीका वाडनम्वर २ नयाँ वस्तीमा वादी समुदायका सुविधिा सम्पन्न घर हस्तान्तरणमा बोल्दै शिक्षा स्वास्थ्य,कृर्षी,खानेपानी र सडकमा उल्लेखनिय विकास गरेको बताउनुभयो । कृर्षीमा स्मार्ट कृर्षि,शिक्षा पाणिनी क्याम्पस सहित अन्य विद्यालयमा भएको रकम विनियोजन,खानेपानी लिफिटिङ सहितका दर्जनौ खानेपानी योजना,स्वास्थ्यमा जिल्ला अपस्तालमा ५० बेडको अपस्ताल निर्माण ४५ करोड को टेण्डर प्रक्रियामा आफुले ठुलो परिश्रम गरेको बताउनुभयो ।
अर्घाखाँचीका १३ वादी समुदायका घर परिवार सुविधा सम्पन्न घरमा बस्न पाएपछि मख्ख परेका छन् । प्रदेश सरकारको लगानीमा खानेपानी,विजुली,सडक सहितका घर निर्माण गरिदिएपछि वादी समुदायका स्थानीयहरु खुसीले गदगद भएका हुन् ।
विगत ३५ वर्ष देखी घामपानी नछेक्ने घरमा बस्दै आएका वादी समुदायलाई प्रदेश सरकार प्रदेश सभामा प्रतिनिधित्व गर्ने सभासदको विशेश पहलमा घर निर्माण भएका हुन् । ३५ वर्ष पछि आफुहरुले नयाँ जिवन पाएको निर्माण समितिका अध्यक्ष बधु बादीले बताउनुभयो । निर्माण सम्पन्न घरमा बालबालिका महिला पुरुष गरि ५० जना रहेको वादीले बताउनुभयो ।
वादी समुदायको समस्या समाधान गर्न पाएकोमा जिवनै कै सबै भन्दा धेरै खुसी लागेको लुम्विनी प्रदेश सभा सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद रामजि प्रसाद घिमिरेले बताउनुभयो । ठुलो मेहनत गरेर निकै कष्ठकर जिवन जिउन बाध्य भएका समुदायलाई सुरक्षित आवासको व्यवस्था मिलाउन सकेकोमा आफुलाई निकै आनन्द लागेको घिमिरेको भनाई रहेको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत रू ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको हो । १३ लाख ९० हजारमा घर घरमै धारा जोडान कार्य पनि सम्पन्न भएको छ । विधुक्त प्राधिकरणबाट घरमै विजुली समेत जडान भएको छ ।