अनिल नेपाली
सन्धिखर्क । विप्लव नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला समितिको पूर्ण वैठक पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र अर्घाखाँची जिल्ला इन्चार्ज संगमको विशेष उपस्थितिमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य द्दोय जुझारु र संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै बैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकताबद्द बनाउन सम्पुर्ण नेता कार्यकर्ता लाई आम जनतामा जानको लागी निर्देशन दिनु भयो। बैठकले जिल्लामा संसदीय व्यवस्था ,राष्ट्रघाती एमसिसी सम्झौता, मङग्गी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ।
साथै घोषित संसदीय ब्यवस्था अन्तर्गत हुने स्थानीय चुनावमा भाग नलिने र देशभक्त , क्रान्तिकारी , प्रगतिशील तथा राष्ट्रघाती एमसिसी बिरोधी स्वतन्त्र उम्मेद्बारलाई समर्थन रहने जिल्ला सेक्रेटरी माहुरी ले जानकारी दिनु भयो।
साथै जिल्ला पार्टीले पुर्व जिल्ला इन्चार्ज जुझारु लाई बिदाइ र नयाँ इन्चार्ज संगमलाई स्वागत गरेको छ। जिल्ला सेक्रेटरी माहुरीको अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो।