सन्धिखर्कको टुडिखेलमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास डेमो प्रदर्शन(फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बिपत व्यवस्थापन आगलागी नियन्त्रण (डेमो) प्रयोगात्मक अभ्यास सम्पन्न भएको छ । 
सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत सम्बन्धित कृर्तिम घटना अभ्यास तथा तालीम एक कार्यक्रमाका बिच सम्पन्न भएको हो
 
सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु गरिएको कृतिम अभ्यास तथा तालिममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु  विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानीय जनसमुदाय तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
 कार्यक्रममा आगोलागी  नियन्त्रण त्यस्को रोकथाम जनप्रतिनिधि हरुको भुमिका शुरक्षाकर्मी रेडक्रस , एम्बुलेन्स तथा दमकल हरुको माध्यम बाट आगो नियन्त्रण ,ग्यास रेगुलेटर बाट निस्कने आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने डेमो पर्द्शन गरिएको थियो। 
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु