मालारानी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत फेरिए, अब यमकान्त पाण्डे आउने

भिम बिश्वकर्मा
खनदह, अर्घाखाँची । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि मालारानी गाउँपालिकामा खटाएका निर्वाचन अधिकृत राजस्व अनुसन्धान बिभागका उपन्यायधिबक्ता अर्जुन प्रसाद कोईरालालाई हटाएको छ ।
मालारानी गाउँपालिकामा नयाँ निर्वाचन अधिकृतको रुपमा मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव यमकान्त पाण्डेलाई जिम्मेवारी दिएको छ ।
बुधबार एक सूचना जारी गर्दै आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने कोईराला सहित ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ नयाँ निर्वाचन अधिकृतमा खटाएको जनाएको छ ।
विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।