सन्धिखर्कमा मेगा बैंक नेपालको नागरिक मैत्री सेवा शुरु, अब ३-४ मिनेटमै सेवा दिने पाईने

अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दिउँसो भरि लाईनमा बसेर अरुलाई जस्तै व्यबहार गर्ने बैकिङ्ग पद्धतिलाई चिरदै मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखा जेष्ठ नागरिक मैत्री सेवा शुक्रबार देखि शुरु गरेको छ । 
अर्घाखाँची जिल्लाको सन्धिखर्क शाखामा रहेको मेगा बैंक नेपाल लिमिटेडमा शुक्रबार देखि जेष्ठ नागरिकको लागि छुट्टै काउन्टरबाट सेवा दिन लागिएको हो । 
उक्त काउन्टरको एक कार्यक्रमका बिच रिबन काटी ८३ वर्षिय भुमिकास्थान १० धनचौरका प्रेम नारायण गैरे र जिवलाल गैरे ले उद्घाटन गरेका हुन । उनिहरुले मेगा बैंकले जेष्ठ नागरिकको समस्यालाई ध्यान दिएर छुट्टै काउन्टरको व्यवस्था गरेकोमा धन्यवाद दिए  जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै छुट्टै काउन्टरको व्यवस्था गरिएको मेगा बैंक अर्घाखाँचीका म्यानेजर लक्ष्मण क्षेत्रीले जानकारी दिए । 
उनले भने ‘हामीले जेष्ठ नागरिकको समस्यालाई ध्यानमा राखेर छुट्टै काउन्टरको व्यवस्था गरेका हौं, सबैजनालाई एउटै काउन्टर बाट सेवा दिदाँ निकै अप्ठयारो भयो विषेशगरी बृद्धाहरु अन्य मान्छे सँग लाइनमा बस्दा उहाँहरुलाइ निकै समस्या भयो अब हामीले कुनै पनि जेष्ठ नागरिकलाई ३÷४ मिनेटमै सेवा दिने लक्ष्य रहेको छ कार्यक्रममा मेगा बैंकका डाइरेक्टर मुक्ति पाण्डे, लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आविश्कार खनाल, सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष युवराज बञ्जाडे, लक्ष्मी नारायण चुँदाली, दुर्गा भुसाल, रेखा भाट क्षेत्री, बैकका कर्मचाारीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकार तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु