अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप लगाउन शुरु

सागर महत 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्वास्थ्य कार्यालयले टाइफाइड रोगविरुद्व खोप अभियान सञ्चालन आजबाट शुरु  गरेको छ ।आजदेखि सुरु भएको अभियान वैशाख २ गते सम्म संचालन हुनेछ ।
खोप लगाउनको लागि स्वास्थ्यकर्मी,स्वंयमसेवीका परिचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
खोप लगाउने उमेर १५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश भएको जनाईएको छ ।जिल्लाभरमा ४६ हजार ९ सय ३३ लाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।खोप अधिकृत गौतमका अनुसार अन्य जिल्लामा वैशाख १८ गते सम्म खोप लगाउने तालिका भएपनि अर्घाखाँचीमा वैशाख २ गते सम्म जिल्ला भरमा खोप लगाएर सकिने लक्ष्य राखिएको बताउनुभएको छ।
खोप सम्बन्धित पालिकाको विद्यालय तथा वडा, कार्यालय,स्वास्थ्य संस्था बाट खोप लिन सकिन बताईएको छ ।खोप लगाउन नछुटाउन सम्पुर्ण अभिभावकलाई आग्रह समेत गरिएको छ ।विद्यालय बाट शिक्षकले पनि खोप अभियानमा महत्वपुर्ण तरिकाले सहयोग गर्ने अपेक्षा राखिएको छ ।

अन्य समाचारहरु