सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा (एकीकृत समाजवादी) मालारानी ७ हंसपुरको वार्ड पार्टी कार्यालय एक कार्यक्रमका बिच सुभारम्भ भएको छ ।
नेकपा एस जिल्ला कमिटी उपसचीव हृदय भुसालले कार्यालयको सुभारम्भ गर्दै जनताको मन जितेर गठबन्धनले बिजय हासिल गर्नु पर्ने भन्दै बिकास र समृद्धिको यात्रामा सबै पक्ष एक भयर लाग्नु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि पार्टी जिल्ला कमिटी उपसचीव नारायण शर्माले प्रगतिशील लोकतान्त्रिक गठबन्दनलाई कुनै शक्तिले हराउन नसक्नु भन्दै गलत प्रबृत्तिको विरुद्धमा खुलेर लाग्नु पर्ने बताए ।
कार्यक्रममा युबा संघका नेता पार्टी जिल्ला कमिटी सदस्य खडानन्द भुसाल युवा संघ जिल्ला इन्चार्ज बाबुराम बेल्वासे,युवा संघका जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सचिवालय सदस्य पुस्कर पौडेल लगायतले प्रशिक्षणमुलक मनतब्य राखेको नेकपा एस ले जनाएको छ । कार्यक्रम पार्टी वाड कमिटी अध्यक्ष गोपाल भुसालको अध्यक्षता,केपी भुसालको संचालनमा सम्पन्न भएको छ ।