अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले मेयर पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि कृष्ण प्रसाल श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठको नाम सिफारिस गरेको हो ।
यस्तै उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ ।