केशवराज ज्ञवाली
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटको डिहिडाँडामा चन्द्रप्रभावती शाहको शालिक अनावरण गरिएको छ ।
डिहिडाँडाको चन्द्रप्रभा माध्यमिक बिध्यालयको साथैमा रहेको उक्त शालिक आज एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती कमल प्रसाद भुसालले अनावरण गरेका हुन् ।
खाँचीकोट क्षेत्रकै ईतिहास बोल्ने शालिकको अनावरण समारोहमा बोल्दै मेयर भुसालले हामी र हाम्रो पुस्ताले इतिहासको संरक्षण गरे मात्र आउदो पुस्ताले हामिलाइ चिन्ने बताउदै ईतिहास बचाउनु भनेको हामिले आफ्नो परिचय जोगाउनु भएको उल्लेख गरे ।
समारोहमा बोल्दै उनले यश क्षेत्रको बिकास र समृद्धिमा सन्धिखर्क नगरपालिका सधै साथी बन्ने गरेको बताए । यस्तै सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बि.कले इतिहासको संरक्षण र प्रवर्द्धन गर्नमा सबै सधै लागिपर्नुपर्ने र आफू पनि सधै ईतिहास र सस्कृतीको रक्षा गर्न लागिपरेको उल्लेख गरे ।
खाँचीकोटको ईतिहास जगेर्ना गर्ने उदेस्यले निर्माण गरिएको उक्त शालिकको निर्माणका लागि सन्धिखर्क नगरपालिकाको रु ३ लाख , वार्ड न ७ को कार्यालय बाट बिनियोजित फाउन्डेशन निर्माणको लागि १ लाख खर्च भएको बताइएको छ । यस्तै चम्द्रप्रभावतीको अर्धकदको शालिक निर्माणको लागि काठमान्डौमा नरेन्द्र भन्डारिको सहयोग उल्लेख्य रहेको पनि बताइएको छ ।
शालिक सगै रहेको चौपारी पनि मर्मत गरि सुन्दर बनाइएको छ । यसको लागि कुन्ज बहादुर मल्लका छोराहरु त्रिलोचन मल्ल , श्रीजन मल्ल र सुजन मल्ल द्वारा एक लाख ३० हजार , सुपा देउराली ग्रिल उधोगका सञ्चालक मधु शाह र रबी शाह द्वारा ३० हजार र सहरी शासकिय योजना बाट ३० हजार बराबरको सहयोग र सामग्री प्राप्त भएको समाजसेबी सुरेन्द्र बिक्रम शाहले अर्घाखाँची डटकमलाइ जानकारी दिएका हुन ।
अनावरण समारोहमा मेयर भुसाल र उप मेयर बि. क . सहित सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल , बुद्दिजिवी पिताम्बर भट्टराई , काङ्रेस नेता गोपाल भुसाल , युवानेता वसन्त खड्का ,समाजसेवी सुरेन्द्र बिक्रम शाह पत्रकार प्रेमनारायण आचार्य , केशबराज ज्ञवाली , अनिल नेपाली , स्थानिय बुद्दिजिवि शिक्षक लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम वार्ड न ७ का अध्यक्ष पृतम बहादुर थापको सभापतित्व , बुद्दिजिवी गणेश शाहको स्वागत मन्तब्य र पुर्व क्षिक्षक तिर्थ आचार्यको सन्चालनमा सम्पन्न भएको हो ।
को हुन त चन्द्रप्रभावती ? संक्षिप्त परिचय ।
चन्द्रप्रभावती तत्कालिन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्य समुहको खाँची राज्यका तेर्हौ राजा दलजित शाह र रानी सुभद्रावती छोरी हुन उनको जन्म बि . स . १७५९ मा खांचिमा भएको थियो उनको बिबाह तत्कालिन गोरखा राज्यका राजा नरभुपाल शाह संग भएको थियो । गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खांचिमा आइ उनलाइ बिवाह गरेर गोरखा दरवारमा भित्र्याएका हुन भन्ने ईतिहास रहेको छ ।पछि उनी चन्द्रप्रभावती बाट सन्तान नभए पछि नरभुपाल शाहले अर्कि श्रीमति पाल्पा बाट बिबाह गरेर लगेका थिए , तिनै पाल्पाली राजकुमारी कौशल्याबती बाट नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । तर पृथ्वीनारायण शाहको जन्मै देखि स्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतिले गरेको इतिहासकारहरु बताउछन् ।