अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि छनौटमा रद्द भएका ४ जना म्यादी प्रहरीको नियुक्ती भएको छ ।
४ जना म्यादी प्रहरीको भर्ना रद्द भएपछि उनिहरुको बादलीमा नयाँलाई नियुक्ती गरिएको हो ।
म्यादी प्रहरीका लागि नियुक्ती भएका ४ जना तालिममा नआएको भन्दै प्रहरीले छनौट रद्द गरेको थियो । साथै उनिहरुको सट्टामा अरु ४ जनालाई बदली गरेको प्रहरीले बताएको छ ।
जिल्लामा म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएकोमा ८ सय ८२ जनाको अन्तिम नाम सार्वजनिक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।