भुमिकास्थानका एमाले उम्मेदवार रेशम थापाले गाडी लगायतका सबै सुविधा फिर्ता गरे

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेदवारी दिने भएपछि आफुले पाउदै आएको सुविधा फिर्ता गरेका छन् । 
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले एमालेबाट उम्मेदवारी दिने घोषणा गरेसँगै आफुले पाउदै आएको सुविधा बापतको गाडी निर्वाचनकाे आचासंहिता अनुरूप सुविधा फिर्ता गरेका हुन् ।
“हाम्रो पाँचवर्ष” नामक पुस्तक र वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन तथा नव वर्ष २०७९ काे शुभकामना आदान-प्रदान कार्यक्रममा थापाले नगरपालिकाबाट सुविधा बापत प्रयोग गरेको  गाडी निर्वाचनकाे आचासंहिता अनुरूप  प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीलाई चाबी  हस्तान्तरण गरि फिर्ता गरेका थिए । 
भुमिकास्थान नगरपालिकामा नेकपा एमालेले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाएको छ ।