अर्घाखाँची डटकम सम्बाददाता
सन्धिखर्क, अर्घाखाँची – देश यतिबेला चुनावी माहोलमा गइसकेको छ यश संगै अर्घाखाँचीमा पनि चुनावी चहलपहल र गतिबिधिहरु बढ्दै गइरहेका छन । अर्घाखाँची जिल्लामा एमाले एकातिर गठबन्धन अर्को तिर भएको अवस्था छ । यसै क्रममा राजनितिक दल र स्वतन्त्र उम्मेद्बारहरु आ आफ्नो उम्मेद्बारी घोषणा गर्ने क्रम जारी छ ।
यसै शिलशिला अन्तरगत सन्धिखर्क नगरपालिका वार्ड न ९ बाट ४५ बर्षिय युवा नेता हरि थापाले आसन्न स्थानिय निर्वाचनमा वार्ड अध्यक्षको उम्मेद्बारी दिने भएका छन । २०५८ साल देखिनै माओबादी राजनितिमा सक्रिय रहेका थापा जिवनका विभिन्न चरणमा पार्टिका कार्यहरुमा हिडदा आफ्नो ब्यबसाय नै छोडेर लागेको अर्घाखाँची डटकमलाइ बताए ।
यता माओबादिको वार्ड न ९ वार्ड समितिले अध्यक्ष हुन इच्छुक ६ जनाको नाम पार्टिर्को माथिल्लो तहमा सिफारिश गरेको थियो जसमा बेदुराम भुसाल , देवि बहादुर रायमाझी ,काजिमान रायमाझी, टीका थापा,मणिराम भुसाल र वसन्त बि क रहेका छन ।
आफू वार्ड अध्यक्ष भएर जनताको सेवा गर्न चाहेको कुरा वार्ड्समितिमा जानकारी गराउदा गराउदै पनि वार्ड समितिले बेवास्ता गरेको प्रती असन्तुष्ट रहेको थापाले गुनासो गरे ।
पार्टीमा लागिपर्दा आफ्नो ब्याबसायनै छोडेर लागेको , स्मरण गर्दै उनले आफू सधै पार्टीको चालकको रुपमा रहदै आएको तर आजका दिनसम्म आउदा केही सिमित ब्यक्ती र बर्गले योगदानको मुल्यांकन गर्न नसकेको बताए ।
माओबादी शान्ती प्रक्रियामा आए संगै भएका निर्वाचनहरुमा आओबादी पार्टिलाइ जित दिलाउन सक्रिय भएर लागिपरेका थापा वार्ड न ९ थेरवाङ्गमा जन्मिएका हुन ।
कुनै कारण पार्टिले टिकट नदिए पनि स्वतन्त्र उमेदवारको रुपमा वार्डको बिकास र समृद्धिका लागि स्पष्ट योजना र भिजन सहित जनताको माझमा जाने उनले बताएका छन ।