ढिकुराका सडकको अवस्था बिजोग, वर्षामा हिलाम्मे – हिउँदमा धुलाम्मे

पारस भट्टराई 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको वार्ड नम्बर ९ ढिकुराका सडकको अवस्था बिजोग भएको छ । 
ढिकुरा आवत जावात गर्ने मुख्य सडकको अवस्था वर्षौसम्म पनि बिजोग भएको हो । यहाँका सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेका छन् ।
यहाँको सडक सन्धिखर्क, धनचौर, खिल्जी लगायत जिल्लाका बिभिन्न भागमा सवारी साधन अहोर दोहोर गर्ने गर्द्छन् । उक्त सडकखण्ड यात्रुहरु जोखिम मोलेर यात्रा गर्छन् । यस सडकमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम र सास्ती भएको देखिन्छ । 
यहाँको सडक हुँदै दैनिक दर्जनौ मालबाहक, यात्रुबाहक र निजी सवारी साधन ओहोरदोहोर गर्छन।    
तस्बिरको देखिएको बस प्युठानको स्वर्गद्वारीदेखि सुपा देउराली मन्दिर दर्शन गर्नको निम्ति रिजर्भ गरेर गन्तव्य स्थल पुग्न खोज्ने क्रममा गैरागोठबाट माथि निस्कदै हो, यो बाटोमा करोडौ रकम खर्च हुँदा पनि बाटोमा सुधार भएको देख्न सकिएको छैन् भने यात्रुहरु बुटवलसम्म पुग्नको लागि सदरमुकाम गएर सवारी चढ्न पर्ने बाध्यता अझै हटेको छैन् । 
उता स्थानिय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता, उम्मेदवार फेरि पनि सडक पिच, सडक विस्तारका नारा लिएर गाउँ गाउँमा भोट् माग्न हिंडेका छन् । 
जिल्लाका बिभिन्न सडकमा धामाधम पिच भएता पनि सदरमुकाम नजिक रहेको ढिकुरामा अहिलेसम्म केही सुरसार भएको छैन् । साथै सडकका साथै यहाँ खानेपानीको पनि समस्या उस्तै छ ।