डिआरजी सुमन
अन्तर्राष्ट्रीय व्युरो । दुवई । सोमवार ०५ वैशाख २०७९ । संयुक्त अरव ईमिरेट्स । वैदेशिक रोज़गार तथा विविध उद्देश्य लिएरविदेशिएका अर्घाखाँचीवाँसीले विदेश रहेता पनि अर्घाखाँची जिल्लाको पहिचान र विकासमा निरन्तरता दिएको पाईन्छ । यसै क्रममासंयुक्त अरव ईमिरेट्स दुवईमा स्थापित अर्घाखाँची सम्पर्क समिती युएई ले विक्रम सम्वत् २०७९ को नयाँ वर्षलाई भव्य रुपमा मनाएकोछ भन्दा आश्चर्य मान्न सकिन्छ तर हो अप्रील १७ तारिक आइतबार यस्तै भएको छ ।
नयाँ वर्ष मनाउने क्रममा यस पटक संयुक्त अरव ईमिरेट्समा लामों समय देखी स्थापित सामाजिक संस्था अर्घाखाची सम्पर्क समितीयुएइ ले नयाँ बर्ष २०७९ शुभकामना आदान प्रदान तथा भेट घाट कार्यक्रम देरा दुबई स्थित क्रिकमा अवस्थित रामी क्रुजमा उक्त सस्थाकाअध्यक्ष तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक जेपी पोखरेल को अध्यक्षता र महासचिव अमित पाण्डेको संचालनमा सम्पन्न गरेको छ ।
शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमुख अथिति सस्थाका संरक्षक कृष्ण भुसाल बिशिष्ठ अथितिमा राजु खड्का, चिरन आचार्य , चिरन केसी ,बरिस्ठ उपाध्यक्ष बिष्णु खड्का रहनु भएको थियो । अर्घाखाँची सम्पर्क समितिक सम्पूर्ण कार्य समितिका पदाधिकारीहरुकोउपस्थिति रहेको कार्यक्रम भव्यताका साथ समापन भएको थियो । बिभिन्न संघ सस्थाबाट उपस्थित प्रतिनिधिहरुलाइ पनि अथिती कोआसन ग्रहण गराइएको थियो । नयाँवर्ष शुभकामना आदान-प्रदान कार्यक्रममा २५० को हाराहारीमा उपस्थिति रहेको अर्घाखाँची सम्पर्कसमिति का महासचिव अमित पाण्डले अर्घाखाँची डटकम् अन्तर्राष्ट्रीय मामला व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमन लाईजानकारी गराउनु भएको छ ।
आईतवार सम्पन्न शुभकामना आदान-प्रदान कार्यक्रमको स्वागत मन्तब्य सस्थाका सचिव पदम आचार्य ले राख्नु भएको थियो ।कार्यक्रममा प्रमुख अथिती बिशिष्ठ अतिथीले नयाँ बर्षको शुभकामना दिनुको साथै सस्थाको बारेमा बोल्नु भएको थियो । उक्त अवसरमाबिभिन्न खानाका परिकार सहितको बुफे डिनर पार्टीको पनि आयोजना गरिएको थियो । कलाकार दिपक शाह ठकुरीको देश भक्तिगीतले कार्यक्रम मा रौनकता थपेको थियो । उपस्थित सम्पूर्ण अथितीहरुले नेपाली कला झल्काउने बिभिन्न सास्कृतिक कार्यक्रममाआनन्द लिदै झुमिरहेको दृश्य अत्यन्तै मनमोहक थियो । शुभकामना आदान-प्रदान कार्यक्रमको संस्थाका अध्यक्ष जेपी पोखरेललेकार्यक्रम समापन मन्तव्य व्याक्त गर्दै उपस्थितिले सस्थालाई थप उर्जा प्राप्त भएको धारणा राख्दै उक्त कार्यक्रम सफल पार्न खटिनु हुनेसमितिका साथीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । – तस्वीर अमित पाण्डे /संयुक्त अरव ईमिरेटस् ।