सन्धिखर्कमा जेठ १५ गते लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको दोस्रो अधिवेशन हुने

गोपाल भट्टराई 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लुम्बिनी वाङमय प्रतिष्ठान ,अर्घाखाँचीको दोस्रो अधिवेशन आसन्न जेठ १५ गते हुने भएको छ । 
प्रतिष्ठान अर्घाखाँची शाखाको आज सन्धिखर्कमा सम्पन्न बैठकले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । जिल्लामा साहित्यको विकासका निम्ति छरिएर रहेका पाणिनी साहित्यिक प्रतिष्ठान,अर्घाखाँची फाउन्डेसन र लुम्बिनी वाङ्गमय प्रतिष्ठानको एकीकरण भइ प्रथम अधिवेशन गरेको वाङ्गमयले ५५ जना आजिवन सदस्य स्थापित गरेको छ । यस्तै सस्थाले जिल्लाको कुना कन्दरामा लुकेका साहित्यक हस्तिहरुलाइ सम्मान र नव प्रतिभालाई प्रोत्साहन गर्न विभिन्न गतिविधि गर्दै आएको छ । जस अनुसार कोरोना कहर पुर्व प्रत्येक महिनाको पहिलो शुक्रबार साहित्यक चौतारी गर्दै आएको थियो ।
 यस्तै जिल्लाको विकसमा साहित्यबाट सहयोग पुगोस् भन्ने हेतुले प्रतिष्ठानले अर्घाखाँचीको चिनारी पाणिनी नामक पुस्तक समेत प्रकाशन गरेको छ । लुम्बिनी वाङ्गमय प्रतिष्ठान आएपछि जुर्मुराएको अर्घाखाँचीको साहित्यलाई कोरोना कहरले अबरोध गरेको थियो । सस्थालाई क्रियाशिल बनाएर साहित्यको विकासमा सरोकारवालालाई जोड्न दोस्रो अधिवेशन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पिताम्बर बन्जाडेले बताउनुभएको छ । 
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषी आजादको बिशेष उपस्तिथि र जिल्लाका पदाधिकारी सहित प्रतिनिधिको उपस्थितिमा सम्पन्न बैठकले बिष्णु बस्याल संयोजक,कमल घिमिरे र कमल पोख्रेल सदस्य रहेको तीन सदस्यीय अधिवेशन तयारी समितिको गठन गरेको बताइएको छ ।

अन्य समाचारहरु