खाँचीकोटमा बाख्रा पकेट स्रोत विकास केन्द्रको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (तस्बिरहरु)

 अनिल नेपाली 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोटमा सघीय सशक्त कार्यक्रम अन्तर्गत बाख्रा पकेट स्रोत विकास केन्द्र कार्यक्रमको मगलबार एक कार्यक्रमका बीचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दैै सन्धिखर्क नगरपालिका वडा न ७ का वडा सदस्य रामलाल खनालले कृषि र पशुपालनबाट स्थानीय बासिन्दा आत्मनिर्भर बनाएर स्वरोजगारी सिर्जना गर्न बताउदै बाख्रा पालनलाई व्यबसायिक रुपमा अगाल्नको लागि आग्रह समेत गर्नुभएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका पशु शाखाका प्रमुख अधिकृत नारायण खनालले बाख्रा पालन कम लगानी  र थोरै पुजीमा गर्न सकिने भएकोले व्यबसायिक रुपमा बाख्रा पालन अगाल्नको लागि समेत आग्रह गर्नुभएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका पशु शाखाका प्राविधिक बृद्धिराम गौतम लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम बसन्त मल्लको अध्यक्षता बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा सघीय सशक्त कार्यक्रम अन्तर्गत ७ लाख स्थानीय कृषकको ७ लाख गरी १४ लाखमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

अन्य समाचारहरु