सुर्य भुसाल
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुके र १० सिद्धारामा राष्टपति चुरे संरक्षण कार्यक्रम अन्तरगत चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
पछिल्लो समय जलुके र सिद्धारामा राष्टपति चुरे संरक्षण कार्यक्रम अन्तरगत चुरे सरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
शितगंगा नगरपालिकाका विभिन्न ठाउँहरुमा चुरे सरक्षण कार्यक्रमहरु धमाधम अगाडि बढेको राष्टपति चुरे संरक्षण ईकाई कार्यालय रुपन्देहीका प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो ।
चुरे संरक्षण कार्यक्रमको नियमित अनुगमन गरि काम प्रभाबकारी गुणस्तरीय होस भन्ने हेतुले प्राबिधिकहरुले नियमित अनुगमन गरेको साईट ईन्चार्ज प्रकाश बस्नेतले बताउनु भयो ।