अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा म्यादी प्रहरीको तालिम समापन एवं नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज म्यादी प्रहरीको तालिम समापन एवं नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।
यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जिल्लामा म्यादी प्रहरीका लागि ८ सय ८२ जनाको अन्तिम नाम सार्वजनिक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको थियो । शुरुमा म्यादी प्रहरीका लागि २ हजार १ सय ३५ जनाले आवेदन दिएका थिए ।