धनचौरमा राष्ट्रिय जनमोर्चाको चुनावी कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई 
धनचौर, बैशाख-०७,अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले जनताका अगाडि मिठो बोल्ने तर व्यबहार भ्रष्ट गर्नेहरूका कारण विकासमा बाधा पुगेको बताउनुभएको छ । 
राष्ट्रिय जनमोर्चा भुमिकास्थान-१०, धनचौर अर्घाखाँचीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । चुनावमा गरेको खर्चलाई लगानी सम्झिने र जनमतको दुरुपयोग गर्नेहरुले मुलुक बर्बादितिर लगेको आरोप लगाउदै नेता थापाले सचेत भएर भोट हाल्न अपिल गर्नुभएको छ । 
मुलुकको रक्षा,जनताको मुक्ति र उपलब्धिको संरक्षणको निम्ति राजमोको आवश्यकता भएकोले पार्टीका उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्न उहाँको आग्रह छ । कार्यक्रम राजमो धनचौरका अध्यक्ष गोपाल प्रसाद  भट्टराईलो अध्यक्षता, उपाध्यक्ष जित बहादुर गुरुङको स्वागत मन्तव्य र सचीव भिमलाल भुसालको संचालनमा सम्पन्न भएको हो । भेलामा अखिल नेपाल युवक संघ केन्द्रिय सचिव कुलराज खनालले राजनीतिलाई स्थायित्व प्रदान गरि सबल समाज निर्माणका निम्ति युवाहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभएको छ । 
राष्ट्रिय जनमोर्चा धनचौरका अगुवा नेता तथा युवा/विद्यार्थीका प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भेलाले बिनोद गैरे संयोजक र लक्ष्मण  बुढा सह-संयोजक रहेको ९ सदस्यीय निर्वाचन परिचालन समितिको गठन गरेको छ । यस्तै भेलाले भिमलाल भुसाल संयोजक र पवन राना सह-संयोजक रहेको ५१ सदस्यीय निर्वाचन प्रचार-प्रसार समितिको गठन गरेको त्यहाँबाट अनिल भट्टराईले जानकारी दिनुभएको छ ।