अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखेका छन् ।
गठबन्धनबाट बाहिरिँदै चुनावमा होमिन घोषणा गरेको एकीकृत समाजवादी सहित ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखेका हुन् । गठबन्धनमा कांग्रेसलाई चार तथा राष्ट्रिय जनर्मार्चा र माओवादीलाई एक – एक पालिका दिने मोटामोटी सहमति भएको तथा यतिबेला वार्ड भागबन्डामा दलहरु केन्द्रित भएका छन् ।
लामो समयदेखि जारी बैठकमा गठबन्धन दलहरु स्थानिय तहमा भागबन्डाको सहमती नजिक पुगेका छन् । भने पालिका र वार्डको भागबन्डा एकै पटक सार्वजनिक गर्ने गरी दलहरु सहमती जुटाउन लागिपरेको बताइएको छ ।
उता गत हप्तादेखि जारी बैठकमा गठबन्धन दलहरु स्थानिय तहमा भागबन्डाको सहमती नजिक पुगेका छन् । संभवत आज साँझसम्म सहमतीमा पुग्ने गरी वार्ता- छलफललाई तिव्रता दिईने दलहरुले बताएका छन् ।
उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन बैशाख ११ र १२ गते नजिकिदै गर्दा गठबन्धन दलहरु १,२ दिनमा नै सहमती पुग्ने दवावमा छन् । अहिलेसम्म ५ दलिय गठबन्धन दलहरु मिलेरै जानुपर्छ भन्ने पक्षमा रहेको बताईएको छ । अबको केही घण्टा भोलिसम्म भागबन्डा सहमती सार्वजनिक गर्ने दावी दलहरुको रहेको छ ।
निरन्तर जारी बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दक खड्का सहभागी छन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।
यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले तीन वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । तीन पालिकामा भने आकांक्षी धेरै भएकाले सिफारिस गरिएको छ ।
कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका रहेका छन् । जिल्लामा ६१ वटा वडाहरू रहेका छन् ।