अर्घाखाँचीमा एसईई परीक्षा २ वर्षपछि भौतिक उपस्थितिमा शुरु, पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ ।
शुक्रबारदेखि यो वर्षको एसईई परीक्षा शुरु भएको हो । भने पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  
परिक्षामा जिल्लाका  ७६ सामुदायिक बिध्यालय  ११ संस्थागत गरी कुल ८७ बिध्यालय बाट नियमित तर्फ  छात्रा  १६५८ छात्र १८६० गरि कुल ३५१८ सहभागी हुने छ्न त्यसै गरि ग्रेटवृद्धि तर्फ ६७ अयोग्यतर्फ पनि ७ जना विद्यार्थीहरु पनि परिक्षामा सहभागी हुने छन  परिक्षाथिको लागि  १७ वटा केन्द्र निर्धारण गरिएको छ ।१७ वटा केन्दमा  १७ केन्दाअध्यक्ष २३ साहायक केन्दाअध्यक्ष १८१ जना निरीक्षक ३४ सहायक कर्मचारी र ७३ जना कार्यालय सहयोगी खटाईएको छ।
शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीलाई निश्चित परीक्षा केन्द्रबाट पुरानै तरिकाबाट परीक्षा लिइएको छ । 

अन्य समाचारहरु