सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची उद्योग बाणिज्य संघको बैठक आज सम्पन्न भएको छ।संघका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा मासु ब्यबसायी संघले जिल्लामा बोका खसीको निर्यात भै जिल्लामा मासुको मुल्य समायोजन गरि दिन उद्योग बाणिज्य संघलाई निवेदन दिएकोमा सो बिषयमा ब्यापक छलफल भएको छ।
बोका खसी जिल्ला बाहिर निर्यात भएको र बाहिर जिल्लामा मासुको मुल्य बढी भएको कारण बोका खसी जिल्ला बाहिर जाँदा जिल्लामा खरिद गर्न नसक्ने कारणले हालको मुल्यमा बिक्रि गर्न नसक्ने भन्दै दिएको निवेदनमा छलफल भएको थियो।
बैठकमा सन्धिखर्क नगरपालिकाका उद्योग ,कानुन तथा सहकारी शाखा प्रमुख जीव नारायण आचार्य ,उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष “सहयोगी” बि. सि. उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, उपाध्यक्ष जिबलाल बन्जाडे महासचिव प्रदीप मिश्र , रामु पाण्डे ,तुल्सिराम खनाल ,सन्धिखर्क नगरपालिका पशु शाखा प्रमुख नारायण खनाल मासु ब्यबसायी संघका अध्यक्ष पुरन सुनार ,महासचिव रामु के सि ,कृष्ण भुसाल, काशिराम खनाल लगायतको उपस्थित रहेको थियो।मासुको मुल्य हाल बुटवलमा रु९८०।- गुल्मी रु८६०।- प्युठान रु८००।- रहेको अबस्थामा अर्घाखाँची जिल्लामा आजको मिति देखि लागू हुने गरि किलोको रु ८५०।-आठसय पचास मुल्य कायम गर्ने निर्णय गरिएको छ।
ब्यबसायी हरुले मनोमानी मुल्य बढाउन नहुने भन्दै सबै क्षेत्रमा महंगी बढेको अबस्थामा मूल्य समायोजन गर्न अत्यावश्यक देखिएको बैठकले महसुस गरेको थियो। किसानले उत्पादन गरेको खसी बोका ब्यबसायिक रूपमा निर्यात गर्दा आधिकारिक रूपमा संस्था दर्ता गरेको पशु हरुको स्वास्थ्य परिक्षण गरेर मात्र निर्यात गर्न दिने ब्यबस्था मिलाउने र त्यसको निम्ति सम्बन्धि निकाय हरुमा अनुरोध गर्ने समेत निर्णय गरेको छ।
कुल पुजा,बिबाहको लागि गरिने भोज वा ब्यक्तिगत प्रयोजनको निम्ति कुनै रोकटोक नगरिने समेत बैठकमा निर्णय गरिएको छ।