सुपा देउराली मन्दिरलाई छोराको संझनामा नेत्र नेपालीद्धारा २२ फिट अग्लो त्रिशूल प्रदान (भिडिओ, तस्बिरहरु)

डिआरजी सुमन
सुपा देउराली  (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको ऐतिहासिक धार्मिक धरोहर सुपा देउराली मन्दिरमा डिआरजी सुमनफ़ैन्स कल्वका सचिव नेत्र नेपाली २२ फ़िट अग्लो त्रिशूल सौजन्य गर्नु भएको छ । 

एक वर्ष पहिला नेत्र नेपालीले आफ्ना १२ वर्षीय छोराविर वहादुर नेपालीको दुवै मिर्गौलामा समस्याको कारण सर्वत्र हार गुहार गर्दा पनि उपचारको लागी आवश्यक खर्च जुटाउन नसकेकोकारण नावालक छोरा गुमाउन परेको थियो ।
गरिवीको कारण नावालक छोरा गुमाउनुको वाध्यता सुनाउदै दुखी हुदै नेपालीले भने छोराको उपचारको क्रममा सुपा देउरालीमा भकलगरेको थिए छोरा त वचाउन सकिएन तर पनि मेरो कर्तव्य पुरा गर्नुपर्छ भन्ने उद्देश्यले ऐतिहासिक धार्मिक स्थल सुपा देउराली मन्दिरमाशुक्रवार २२ फुट अग्लो त्रिशूल सुपा देउराली मन्दिर व्यावस्थापन समिती अध्यक्ष फर्स वहादुर केसी लाई हस्तान्तरण गर्नु भएको छ ।
त्रिशूल हस्तान्तरण कार्यक्रममा पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम,स्वतन्त्र पत्रकार डिआरजी सुमन,डिआरजी सुमन फ़ैन्सकल्वका अध्यक्ष चिरन खड्का,डिआरजी सुमन फ़ैन्स सचिवालय सदस्य दीनानाथ घिमिरे,श्यामलाल पौडेल,सुपा देउराली मन्दिरव्यवस्थापन समिती अध्यक्ष फर्स वहादुर केसी,मृतक विर वहादुर नेपालीको आमा र भाई रोष वहादुर नेपाली ,किरण जीसी लगायतमन्दिर व्यावस्थापन समितीका पदाधिकारी,पुजारी ,कर्मचारी लगायतको उपस्थित रहेको थियो ।
त्रिशूल हस्तान्तरण पश्चात पत्रकार सँग संक्षिप्त कुरीकानी गर्दै पाणिनि पर्यटन समाज का अध्यक्ष सुनाम र सुपा देउराली मन्दिरव्यावस्थापन समिती अध्यक्ष केसीले भन्नुभयो आज सम्म यस मन्दिरमा यति अग्लो त्रिशूल कसैले सौजन्य गरेको वताउदै १२ वर्षीयछोरालाई अकालमै गुमाउन वाध्य नेत्र नेपालीले अति महत्वपूर्ण कार्य गरेको अभिव्यक्ति दिएका छन । – तस्वीर डिआरजी सुमन,सुपादेउराली अर्घाखाँची

अन्य समाचारहरु