सन्धिखर्कको मेयरमा कमल प्रसाद भुसाललाई नउठाउन कांग्रेस पार्टी नेतृत्वलाई व्यापक दबाव, स्वतन्त्र उम्मेदवारी दिने चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयरमा कमल प्रसाद भुसाललाई नउठाउन नेपाली कांग्रेस जिल्ला समितीलाई नेता, कार्यकर्ताले दबाव दिएका छन् । 
सन्धिखर्क नगरपालिकाका मेयरमा कमल प्रसाद भुसाललाई नउठाउन कांग्रेसका नगर नेता, कार्यकर्ताले पार्टी नेतृत्वलाई व्यापक दबाव दिएका हुन् ।
भुसाललाई कुनै पनि हालतमा दोहोराउन हुँदैन भन्नेमा सन्धिखर्कका नगरसभापतिदेखि सबै वार्डहरुका नेता कार्यकर्ताहरु एक मत भएका छन् । नगरसभापति बाबुराम भुसालले समेत भुसाललाई पुन: दोहोराउन लागेको भन्दै व्यापक असन्तुष्टि भएका छन् । 
सामाजिक संजालमा पनि भुसाललाई कुनै पनि हालतमा दोहोराउन हुँदैन भन्दै कांग्रेस निकट कार्यकर्ताहरुले चर्को पार्टी नेतृत्वको आलोचना गरेका छन् । भने स्वतन्त्र उम्मेदवारी दर्ता गराउने सम्मको चेतावनी दिएका छन् ।           
भुसालले वैशाख ९ गते शुक्रवार  वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न  राजीनामा दिएका थिए । 
नगरका बिकासका कामलाई लिएर नगरबासीहरु भुसालको निरन्तर आलोचना गर्दै आएका देखिन्छन् । 

अन्य समाचारहरु