अर्घाखाँचीमा गठबन्धन बीच सहमतिमा शंका, आज नभए वैशाख १६ गतेसम्म छलफल जारी राखिने, नत्र एक्ला एक्लै भिड्ने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ४ दलिय गठबन्धनको स्थानिय तहका लागि भागबन्डा सहमतिको संभावना न्यून हुँदै गरेको छ ।    
उम्मेद्वारको मनोनयन दर्ताको पहिलो दिनसम्म ४ दलिय गठबन्धन बीच भागबन्डामा सहमती हुन सकेन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरु आज सोमवार उम्मेद्वार मनोनयन दर्ताको अन्तिम दिन भएकोले आ- आफ्ना दलका उम्मेदवार चयनमा अहिले रातभर गृहकार्य गरिरहेका छन् ।  
अहिले ४ दलिय गठबन्धनका पार्टी कार्यालयहरुमा आफ्ना दलका उम्मेदवार चयनका लागि गृहकार्य चलिरहेको छ । आज बिहानसम्म सहमतिको संभावना एकदम न्यून रहेको छ । अहिले आ- आफ्ना दलबाट उम्मेद्वार मनोनयन दर्ता गराउने र उम्मेद्वारी फिर्ता लिने दिन वैशाख १६ गते अगाडि सहमती गर्ने अर्को विकल्प राखेर आजको छलफल, बैठक सम्पन्न गरेका थिए । उता वैशाख १६ गतेसम्म सहमति नभए गठबन्धन दलहरु एक्ला एक्लाई चुनारी मैदानमा जानेछन् । जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ ।                  
यसभन्दा अगाडि स्रोतले बताए अनुसार कांग्रेसलाई सन्धिखर्क, शितगंगा, छत्रदेव र पाणिनीको प्रमुखका साथै छत्रदेव, पाणिनीमा उपप्रमुख दिने, राष्ट्रिय जनमोर्चालाई भूमिकास्थान मेयर र माओवादी केन्द्रलाई मालारानी प्रमुखका साथै सन्धिखर्क, भूमिकास्थान, शितगंगामा उपप्रमुख बताइएको थियो ।      
निरन्तर जारी बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल सहभागी छन् ।
    
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।
यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले सबै ६ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।  भने आज सबै उम्मेद्वार मनोनयन दर्ता गर्दैछ । 

अन्य समाचारहरु