सन्धिखर्क- २ मा गठबन्धनद्धारा सबैभन्दा बढी जनमत भएको राष्ट्रिय जनमोर्चालाई दिने सहमति

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा ४ दलिय गठबन्धनले राष्ट्रिय जनमोर्चालाई दिने सहमति गरेको छ । 
गठबन्धन दलका सहभागी नेताहरुले दिएको जानकारी अनुसार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा सबैभन्दा ठुलो दल राष्ट्रिय जनमोर्चालाई दिने सहमति गरेको हो । 
मसाल बजार रहेको वार्ड नम्बर २ मा जनमतमा कांग्रेस, माओवादी लगायत अन्य पार्टी भन्दा राष्ट्रिय जनमोर्चाको जनमत ठुलो छ । यहाँ कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रको तुलनामा राष्ट्रिय जनमोर्चाको जनमत धेरै राम्रो छ । 
गठबन्धन दलमा दोस्रो ठुलो  राष्ट्रिय जनमोर्चा शक्ती हो ।
साथै यस वार्डमा एकीकृत समाजवादीमा बढीमा अन्दाजी ५० जना मतदाता रहेको देखिन्छ । अब जिल्लाभर सहमति भएमा यहाँ गठन्बन्धन पक्षको राष्ट्रिय जनमोर्चाका उम्मेद्वार र एमालेका उम्मेद्वारको प्रतिष्पर्दा हुनेछ । तर गठन्बन्धन पक्ष भन्दा एमाले धेरै कमजोर रहेको छ । 
उता नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरु आज सोमवार उम्मेद्वार मनोनयन दर्ताको अन्तिम दिन भएकोले आ- आफ्ना दलका उम्मेदवार चयनमा अहिले रातभर गृहकार्य गरिरहेका छन् ।  
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।
यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले सबै ६ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।  भने आज सबै उम्मेद्वार मनोनयन दर्ता गर्दैछ । 

अन्य समाचारहरु