केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आज उम्मेद्बारी मनोनयनको दोस्रो तथा अन्तिम दिन अर्घाखाँची जिल्लाका ६ वटै पालिकाहरुमा केही स्वतन्त्र सहित गठब्न्धन र एमालेका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
काङ्ग्रेस , माओबादी , जनमोर्चा र एकीकृत समाजबादी सहितको चार दलिय गठबन्धन र एमाले बिच मुख्य प्रतिश्पर्धा हुने निर्वाचनको लागि दलहरु नारा जुलुश र बाजागाजा सहित आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
अर्घाखाँचीका ६ पालिकाहरु मध्ये सन्धिखर्क नगरपालिकामा गठबन्धनका तर्फ बाट मेयरमा नेपाली काङ्रेसका शान्ता भन्डारी र माओवादी केन्द्रका राजेन्द्र भुसालले उपमेयरमा उम्मेद्बारी दिएका छन ।भने एमालेका कृष्ण प्रसाद श्रेष्ठले मेयर र मिश्रा आचार्यले उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।
यसै क्षेत्रफलको आधारमा देशकै ठूलो नगरपालिका सितगङ्गा नगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसका छबिलाल पौडेल , उपमेयरमा माओवादी केन्द्रका टीका रेश्मी ले मनोनयन दर्ता गराए , त्यहा एमालेका तर्फ बाट वसन्त श्रेष्ठले मेयरमा र गिता भाटले उपमेयरमा दर्ता गराए ।
पाणिनी गाउँपालिकामा काङ्रेसका अच्युत गौतम अध्यक्षमा काङ्ग्रेसकै लक्ष्मी गौतम उपाध्यक्षमा मनोनयन दर्ता गराए त्यहा एमालेका टेकराज न्यौपानेले अध्यक्षमा मनोनयन दर्ता गराए ।
मालारानी गाउँपालिकामा माओवादी केन्द्रका पदम क्षेत्री अध्यक्ष मा र काङ्ग्रेसका सोभाखर खनालले उपाध्यक्षमा मनोनयन दर्ता गराए त्यहा एमालेका दल बहादुर भट्टराई र दिपा पोख्रेलले अध्यक्षमा र उपाध्यक्षमा दर्ता गराए भने एमालेकै बागीअध्यक्षको उम्मेद्बारी निबर्तमान पालिका अध्यक्ष बाल्कृश्न आचार्यले दर्ता गराए ।
छत्रदेब गाउँपालिकामा काङ्ग्रेसका चन्द्रमान श्रेष्ठले अध्यक्षमा र इन्दिरा भुसालले उपाध्यक्षमा उम्मेद्बारी दर्ता गराए । एमालेका दिपक पन्थी र मनि पन्थिले अध्यक्ष र उपाध्यक्षमा मनिनयन दर्ता गरेका छन ।
भुमिकास्थानको मेयरमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय झविलाल थापाले अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।भुमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमाेर्चाले पाएको हो। उपमेयर नेकपा (माओवादी केन्द)ले पाएको हो। उपमेयरमा नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडेले पनि उम्मेदवारी मनोनयन दर्ता गरेका छन । एमालेका तर्फ बाट रेशम थापा र बसन्ता पौडेलले क्रमश अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराए ।
यो संगै केही स्वतन्त्र रुपमा अन्य दलहरुकापनि विभिन्न पदहरुमा उम्मेद्बारीहरु दर्ता भएका भएता पनि मुख्यतः गठबन्धन र एमाले बिचकै प्रतिश्पर्धा हुने देखिएको छ ।