लक्ष्मण घिमिरे ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुरामा नेपाली कांग्रेसबाट तिर्थराज घिमिरे ‘रामु’ले टिकट पाएसंगै सर्वत्र चर्चाको विषय बनेको छ । विगत ३० वर्षदेखी नेकपा एमालेले खुट्टा जमाएर बसेको ठाउँमा कांग्रेसले बलियो उम्मेद्वार उठाएसंगै ढिकुरामा यो विषयले चर्चा पाएको छ ।
२०५४ साल र २०७४ को निर्वाचन एमालेले आफ्नो पक्षमा पारेको थियो । २०४८ साल पछी ढिकुरा नेपाली कांग्रेस विहिन बन्दै आएको छ । एमालेको फितलो निती र निराशाजनक विकासे गतीका कारण जनता आजित बनेका छन् । सदरमुकामदेखी नजिकै भएर पनी बत्ती मुनीको अँध्यारो जस्तै बनेको स्थानियहरुको भनाई छ ।
नेकपा एमालेले खेमराज चुँदालीलाई उम्मेद्वार बनाएको छ । यसअँघी उनी काठमांडौ बस्दै आएका थिए । स्वच्छ छवी भएका चुँदाली विवादहरुमा त्यती नतानिए पनी जनतामाझ भने उनी अपरिचित जस्तै छन् । सँधै एमालेले जितीरहेको ठाँउ भएकाले अहिले पनी आफुले नै जित्ने उनले दावी गरेका छन् ।
यता नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका घिमिरे जनतामाझ लोकप्रिय छन् । ढिकुरालाई अन्धकारबाट बाहिर ल्याउन आफ्नो उम्मेद्वारी रहेको उनले बताएका छन् । ‘३० वर्षदेखी एमालेले जरा गाडेको छ, घिमिरेले भने,‘देशमा लोकतन्त्र आईसक्यो ढिकुरामा बल्ल लोकतन्त्र आएको अनुभुती हुनेछ ।’ एमालेले के के गर्यो गरेन जनता सामु प्रष्ट भएकाले यसपाली कांग्रेसको जित पक्का भएको उनको भनाई छ ।