एमाले सन्धिखर्कले पर्सीदेखि किमडाँडाबाट चुनावी कार्यक्रम शुरु गर्ने

अर्जुन भुसाल 
किमडाँडा, अर्घाखाँची बैशाख १३ ।  नेकपा एमाले सन्धिखर्कले वडा नं. ८  को  किमडाँडाबाट चुनावी अभियानको थालनी गर्ने भएको छ ।  किमडाँडाका विभिन्न ठाउँमा आमसभाहरु गर्दै चुनावी प्रचार तथा मतदाता भेटघाटको कार्यक्रमलाई अगाडि बढाइने नगर कमिटीले जनाएको छ ।
 बुधबार बिहान ७ बजेबाट चुनावी कार्यक्रम सुरु गरिने नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । साविक ६ र ७ को चुनावी कार्यक्रम हमालकाबारी ७ बजे, साविक ८ को सिमलपाटमा विहान ८ः४५बजे,  साविक ९ को लमलमेमा विहान ११ः४५ बजे, साविक ३ को पकलेमा दिउसो १ः३० बजे, साविक ४ को खालमा दिउसो ३ बजे, साविक ५ को थाम्कामा ४ः३० बजे र साविक १ र २ को सापकोटा टोलमा साझ ६ बजे आमसभा राखिएको जिल्ला कमिटी सदस्य तथा वडा सहजकर्ता देवी थापा भुसालले जनकारी दिनुभयो । कार्यक्रममा मेयर, उपमेयर सहित केन्द्र र जिल्ला स्तरका नेताहरुको सहभागिता रहने छ ।  
एमालेले सन्धिखर्कको मेयर पदका लागि लोकप्रिय नेता कृष्णप्रसाद श्रेष्ठ, उपमेयरमा  लोकप्रिय नेतृ मिश्रा आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले सन्धिखर्क १ को  अध्यक्षमा युवराज बञ्जाडे, २ मा  मोतिजङ्ग रायमाझी, ३ मा लक्ष्मण खडका, ४ मा शिबबहादुर भुसाल,५ मा शिब प्रसाद अधिकारी, ६ मा श्रीधर महतरा, ७ मा चुराबहादुर केसी,८ मा नारायण अर्याल, ९ मा पदम भुसाल, १० मा लक्ष्मी नारायण चुँदाली, ११ मा शिव शाह र १२ मा बसन्त श्रेष्ठलाई वडा अध्यक्षको रूपमा अघि सारेको छ ।

अन्य समाचारहरु