अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते जिल्लाभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरि उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिएको हो ।
मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ सकिएपछि उम्मेदवारको नामावली बिहीबार साँझ ५ बजेपछि प्रकाशन गरिएको छ । साथै जिल्लामा मनोनयनविरुद्ध कसैको उजुरी नपरेको बताइएको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
यसैगरी, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
वैशाख ३० गते ६ स्थानीय तहमा निर्वाचन हुँदैछ ।