अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेवमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब विभिन्न पदमा ९९ जनाले उम्मेदवारी रहेको छ ।
आजै उम्मेदवारी परेकाहरूको निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो।
स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।