लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । आउँदो ३० गते हुने स्थानियतह चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न हुनेछन् ।
धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ । अर्घाखाँचीमा २५ वटा चिह्न भएको मतपत्र प्रयोग गरिने भएको छ । सानो जिल्ला तथा धेरै स्वतन्त्र उम्मेद्वार नभएपछी आयोगले २५ वटा चिह्न भएको मतपत्र प्रयोग गरिने जनाएको हो ।
यस्तो छ अर्घाखाँचीको नमुना मतपत्र