प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नाकाेे अमिलेमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो तथा काेणसभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्ने नेताहरूले समृद्ध नेपाल र समृद्ध जनता निर्माणका लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी बनाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामबहादुर बिसि, नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान ) , माअाेवादि केन्द्रीय सदस्य ठाकुर बिक, मेयर पदका उम्मेदवार शान्ता भण्डारी , उपमेयर पदका उम्मेदवार पदका उम्मेदवार राजेन्द्र भुसाल वडा अध्यक्ष पदका उम्मेदवार चेतनारायण अाचार्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला काेषाध्यक्ष विष्णु क्षेत्री , महाधिवेशन प्रतिनिधि मणिराम परियार, जिल्ला सदस्य मिना बस्याल , नेपाली कांग्रेसका नेता इन्द्रबहादुर क्षेत्री , सीता भुसाल नगर सभापति बाबुराम भुसाल , नेता बाबुराम चुदाँली, ११ नम्बर वडा गठबन्धनका साझा उम्मेदवारहरु अध्यक्ष चेतनारायण अाचार्य, सदस्यहरु निर्मला भुसाल , कृष्ण चुँदाली, तलुबहादुर कुवर , करुणा बिक लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति हिराधर अाचार्यकाे अध्यक्षता, दामोदर अाचार्यकाे सञ्चालन र फर्सुराम कुवरकाे सञ्चालनमा सम्पन्न भएको हाे ।