अर्घाखाँचीमा राजनीतिक दलहरुले आचारसंहिताको निरन्तर व्यापक उल्लंघन गरे

 अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा राजनीतिक दलहरुले आचारसंहिताको व्यापक उल्लंघन गरेको देखिएको छ ।  
प्रचारप्रसारमा बालाबालिकाको प्रयोग
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिताको नेकपा एमाले, गठबन्धन दलहरुले व्यापक उल्लंघन गरेका हुन् ।   
 नेकपा एमाले तथा गठबन्धन नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, एमाओवादी केन्द्र, राप्रपा, समाजवादी र अन्य दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्तेलेखन, टिर्सट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिहेका छन् । 
उता जिल्ला निर्वाचन कार्यालयले सबै दललाई निर्वाचन आचारसंहिता विपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताएको छ । 
यस्तै दलहरुले प्रचारप्रसारमा बालाबालिकाको प्रयोग गरेका छन् । 
उता जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीले यस अघि निर्बाचन आचार संहिता बिपरित गरिने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्ने , जफत  तथा नियन्त्रणमा लिइएका  साधन तथा सामाग्रीहरुलाई निर्बाचन अबधिभर शुरक्षा निकायको नियन्त्रणमा राखिने निर्णय गरेको थियो । 

अन्य समाचारहरु