अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्ला प्रशासनले अत्यावश्यक सेवा वाहेक सबै सेवा बन्द गरेको छ ।
स्थानिय निर्वाचन २०७९ मा कर्मचारीहरु खटिनुपर्ने भएको भन्दै जिल्ला प्रशासनले अत्यावश्यक सेवा वाहेक सबै पर्सी आईतवारदेखि सेवा बन्द गरेको हो ।
बैशाख २५ गतेदेखि नागरिकता, राहदानी, पेन्सन सिफारिस लगायतका सेवा प्रवाह बन्द गरिने कार्यालयले जनाएको छ। बैशाख २५ गतेदेखि ३० गतेसम्म कार्यालय बन्द हुने भनेपनि बैशाख ३१ र जेष्ठ १ गते सार्वजनिक विदा भएकोले अब जेष्ठ २ गतेदेखि नियमित खुल्न बताइएको छ ।