अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अवधीभर मदिरा प्रयाेगमा राेक लगाईएकाे छ ।
जिल्लामा भोलि बैशाख २५ गतेदेखि जेठ २ गतेसम्म ९ दिन मदिरा बिक्री वितरण एवं ओसारपसार गर्न निशेधित गरिएकाे हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीका अनुसार निर्वाचनलाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित बनाउको लागि मदिरा प्रयाेगमा कडाई गरिएकाे छ । भने मदिरा बिक्री वितरण एवं ओसारपसार, सेवन गरेमा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ ।
यस अगाडि सर्वपक्षिय वैठकले निर्वाचन अवधीभर मदिरा प्रयाेगमा कडाई गर्ने निर्णय गरेकाे थियो ।
बैठकले स्थानीय निर्बाचन २०७९ को कार्यन्यवनको लागी निर्बाचन आयोग बाट जारी आचारसंहिता पुर्ण रुपमा पालना गर्नु पर्ने , आसन्न स्थानीय निर्बाचन लाई प्रभाव पार्न सक्ने मादक पदार्थ बिक्रि बितरण तथा सेबन कार्य लाई २०७९/१/२५ गते देखी २०७९/२/३ सम्म जिल्लाभर बिक्रीवितरण तथा सेवनमा रोक लगाउने ,निर्बाचन प्रचार प्रसारको कार्यक्रम लाई राजनैतिक दलहरु बिच समझदारी कायम गरि कार्यक्रम नजुधाउने , २०७९/१/२७ गते राती १२ बजे बाट मौन अबधि शुरु हुने हुँदा कुनै किसिमका सभा जुलुस जस्ता क्रियाकलाप गर्न गराउन नपाइने , एउटा स्थानीय तहबाट अर्को स्थानीयतहमा जान नपाइने जानुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने , बाहिर बाट मतदान गर्न आउने मतदाता २०७९ /१/२९ गते राती १२ बजे सम्म आ-आफ्नो घरटोलमा आइसक्नु पर्ने ,सार्बजनिक तथा निजि सवारी साधनहरु २०७९/१/२९ बेलुका ५ बजे देखि २०७९/१/३० बेलुका ५ बजे सम्म पुर्ण रुपमा बन्द गर्नु पर्ने जस्ता महत्त्वपूर्ण निर्णय भएको छ।