अर्घाखाँचीका ६१ वार्डमा गठबन्धनको चुनावी सरगर्मी बढ्यो

नविन रसाईली
सन्धिखर्क, अर्घाखाँची ।  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गाउँ टोलमा चुनावी गतिबिधी बढेको छ । राजनैतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई भेटन घर–घरमा पुग्न थालेका छन । घरमा मतदाना नभेटिए खेतबारी तथा बाटो मै भएपनि भेटेर सहयोग गर्न अनुरोध गरेका छन् । अर्घाखाँचीमा पनि चुनावी सर्गमी बढेको छ । अर्घाखाँचीमा गठबन्धन दलका उम्मेदवारहरु गाउँगाउँ, टोल टोलमा पुगेका छन । उनिहरु आफ्ना एजेण्डा तथा प्रतिबद्धता सहित घर दैलोमा पुग्दा जनताको समर्थनले अझ उत्साह थपेको बताउन्छन् ।
सनिवार मालारानी गाउँपालिकाको वडा नं. ५ बाँगीमा घरदैलो कार्यक्रम पछि भएको कोण सभामा बोल्दै गठबन्धनबाट पालिका अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका पदम क्षेत्री, कांग्रेसका उपाध्क्षका उम्मेदवार शोभाखर खनालले जनताको घरदैलोमा पुग्दा थप उत्साह बढेको बताए । उनिहरुले गाउँपालिकाको दैनिकी सहज बनाउने देखि शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटन लगायतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने संकल्प गरेका छन् । कोण सभामा बोल्दै अन्य अतिथिहरुले गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेमताका कुनै पनि पार्टी नभएकाले मालारानीमा गठबन्धनले जित सुनिश्चित गरेको बताए ।
सन्धिखर्क नगरपालिकामा पनि घर घरमा पुगेर मतदाताहरुलाई भेट्ने काम तिब्र रुपमा चलेको छ । गठबन्धनका साझा उम्मेदवारहरु नेपाली कांग्रेसबाट मेयर पदका शान्ता भण्डारी र नेकपा माओवादी केन्द्रबाट उपमेयर पदका राजेन्द्र भुसाल यतिबेला घरदैलो अभियानमा तिब्र रुपमा लागेका छन् । प्रत्येक वडाहरुबाट आ–आफ्ना वडा अध्यक्ष, सदस्यहरु तथा राजनैतिक दलका नेता कार्यकर्ताहरु सँगै उनिहरुले घरदैलो गरेका छन् । घरदैलो अभियानका क्रममा जनताले थपेको उर्जाले आफुहरुको जित सुनिश्चित रहेको नगरपालिका मेयर पदका उम्मेदवार शान्ता भण्डारीले बताइन । उनले जनतासँग निकट भएर काम गर्ने बताउदै सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउने संकल्प सहित अघि बढेको समेत बताइन ।
यस्तै भुमिकास्थान नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घर घरमा पुगेका छन् । उनिहरु पनि आफना एजेण्डाहरु लिएर जनतामाझ पुगेको बताउन्छन् । गठबन्धनका साझा उम्मेदवार रा.ज.मो.बाट मेयर पदका उम्मेदवार झविलाल थापा र नेकपा माओवादीबाट बालकृष्ण बञ्जोडेले भ्रष्टचार मुक्त पालिका, शिक्षा स्वास्थ्य, रोजगार कृषि र पर्यटन लगायत विभिन्न कुराहरुलाई प्राथमिकतामा राखेर जनतामाझ पुगेको बताए ।
सितगंगा नगरपालिकाका उम्मेदवारहरुले पनि घरदैलो गरिरहेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका छबिलाल पौडेल र माओवादीबाट उपमेगर पदका उम्मेदवार बनेका टिका रेश्मी मगरले सितगंगालाई समृद्ध बनाउने संकल्पका साथ मतदाताको घरमा पुगेको बताए । सितगंगा नगरपालिका नेपालको भुगोलमा सबैभन्दा ठुलो नगरपालिका हो । सितगंगाका मेयर पदका उम्मेदवार पौडेलले भने ‘मैले समग्र सितगंगाका समस्या बुझेको छु । यसलाई कसरी हल गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । हामीले सितगंगामा शिक्षा, स्वास्थ्य सडकलाई मुख्य प्राथमिकतामा राखेका छौं, यसकारण पनि अरुले भन्दा केही न केही नयाँ काम दिन सक्ने छु’ ।
यसैबिच पाणिनी गाउँपालिकाका उम्मेदवारहरुले पनि आफ्ना एजेन्डाहरु लिएर जनतामाझ पुगेका छन् । पाणिनीमा भने यस अघिकै जनप्रतिनिधी पुनः चुनावी मैदानमा होमिएका छन् । पाणिनीमा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा कांग्रेसबाटै लक्ष्मी गौतम चुनावी मैदानमा होमिएका छन् । उनिहरुले पाँच वर्ष जनता सँग निकट भएर काम गरेकै कारण अहिले पनि जनताले उत्साहजनक समर्थन गरेको बताए ।
छत्रदेवमा पनि उम्मेदवार तथा कार्यकताले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । पालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसबाट उध्यक्ष पदका उम्मेदवार चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष पदका उम्मेदवार कांग्रेसबाटै ईन्दीरा भुसाल यतिबेला जनतामाझ पुगेका छन ।

अन्य समाचारहरु