अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची (अर्घाखाँची डट्कम) । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।
आज सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि.क., नारायण प्रसाद दमासेलाई चयन गरेको हो ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको विशेष साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।शुक्रबार केन्द्रका संरक्षक तथा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न साधारण सभामा कोष नियन्त्रण दिपक अधिकारि ईश्वरि बक्स गुल्मका गुल्मपती सेनानी आदित्य सिलवाल प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन जिल्ला समन्वय अधिकारी सृजना भुसाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल जिल्ला स्थित सरकारी तथा बित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।
साधारण सभाले घरेलु तथा साना उधोग बिकाश कार्यालय अर्घाखाँचीका उधोग अधिकृत सन्तोष खनाल लाई सर्बसम्मत अध्यक्षमा चयन गर्नुका साथै महिला उपाध्यक्षमा रचना बुढाथोकी सहसचिवमा राजु पान्डे सदस्यहरुमा माधब घिमिरे दुर्गा बिक र नारायण प्रसाद दमासे लाई पनि सर्बसम्मत चयन गरेको थियो ।
केन्द्रको २०७८ भाद्र महिनामा सम्पन्न साधारण सभाले बिनोद खनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको भएता पनि अध्यक्ष महिला उपाध्यक्ष सहसचिव लगायत ६ जनाको सरुवा तथा बढुवा भइ जिल्ला बाहिर जानू पर्ने भएकोले विशेष साधारण सभा गर्नु परेको केन्दका सचीव गणेशराज पौडेलले बताउनु भएको छ ।
अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी रहेको उल्लेख गर्दै रचनात्मक काम गर्न आग्रह गर्नु भएको थियो । घिमिरेले कर्मचारी र सेवाग्राही विचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्मचारी मिलनकेन्द्र सबैको साझा चौतारी भएको उल्लेख गर्दै यस्ले कर्मचारी र सेवाग्राही बीचको सम्बन्ध कायम राख्ने विभिन्न रचनात्मक कार्यगरी आफ्नो नेतृत्व बिकास गर्नुका साथै सबै सग पारिवारिक सम्बन्ध कायम गर्न सफल हुने बिश्वास ब्याक्त गर्नु भएको थियो सोही कार्यक्रममा कोष नियन्त्रण दिपक अर्याल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका अतिथि हरुले नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरु शुभकामना ब्याक्त गर्नुका साथै सरुवा तथा बढुवा भइ अन्य जिल्ला जान लाग्नु भएका अध्यक्ष लगायत पदाधिकारी सदस्यहरुलाइ थप सफलताको शुभकामना ब्याक्त गरिएको कार्यक्रममा सरुवा तथा बढुवा भइ जिल्ला बाहिर जानुहुने पदाधिकारी तथा सदस्य हरुलाइ *फेरि भेटौला * भन्दै संमान गरिएको थियो ।
कार्यक्रम केन्द्रका अध्यक्ष बिनोद खनालको अध्यक्षता केन्द्रका सदस्य रबि अर्यालकि स्वागत तथा सचीव गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रम, निवर्तमान अध्यक्ष विनोद खनालको अध्यक्षता र रवी अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यस्तै करिब ७ महिना अवधिको कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको गतिविधिहरू समेटिएको बुलेटिन पनि सार्वजनिक भएको छ ।