अर्घाखाँचीमा पार्टी प्रवेश गर्नेलाई पैसा दिदै आएको आरोप लागेको एमालेले धमाधम पैसा बाँड्दै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा नेकपा (एमाले) का उम्मेदवारले मतदातालाई प्रभावित पार्न धमाधम पैसा बाँड्ने, निर्माणका सामाग्री वितरण गर्ने लगायतका कार्यलाई तिव्रता दिएका छन् । 
भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरेको अर्को दिन पाेखराथाेकमा पनि बाँड्न लागेको रकम बरामद भएको हो। 
पाणिनी गाउँपालिका वडा नम्बर २ पाेखराथाेककाे साविक ४ सालघारीमा नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न  रकम बाडेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार माधव गाैतमले मतदातालाई बाँडेको २० हजार र ५० हजार रुपैयाँको चेक  स्थानीयले बरामद गरेका थिए ।
यस्तै भूमिकास्थानमा शुक्रवार रातीको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरि ढाकावाङ  प्रहरीमा बुझाएका थिए । पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ  स्थानियहरुले प्रहरी चौकीमा बुझाएका थिए ।
एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त होमपाइप  पठाएको पक्राउ परेकाहरुले बयान दिएका थिए । यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ । 

अन्य समाचारहरु