नविन रसाईली | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । उद्योग वाणिज्य संघका पुर्ब केन्द्रीय सदस्य तथा नेकपा एमाले सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठलाई मातृशाेक परेको छ ।
श्रेष्ठकी ममतामयी माता उमाकुमारी श्रेष्ठको ८६ बर्षकाे उमेरमा आज बिहान सन्धिखर्क २ संखेटारी स्थित आफ्नै निवासमा निधन भएको हाे ।
मृतक श्रेष्ठका श्रीमान नन्दलाल श्रेष्ठ, ३ छाेराहरु ठाकुर प्रसाद श्रेष्ठ , कृष्णप्रसाद श्रेष्ठ र काजी श्रेष्ठ , दुई छाेरी माया श्रेष्ठ, तारा श्रेष्ठ रहेका छन् ।
मृतक श्रेष्ठकाे आज गच्छेघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्राेतले बताएको छ ।