आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिए

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका छन्। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले सोमबार राजीनामा दिएका हुन्।
उनको राजीनामासँगै उनका भाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षलाई राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खुला भएको छ।
श्रीलंका पछिल्लो समयमा इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
सोमबार नै राजापाक्षका समर्थकहरुले सरकार विरोधी प्रदर्शनका सहभागीहरुलाई आक्रमण गर्दा कम्तीमा ७८ जना घाइते भएका थिए भने सरकारले देशव्यापी कर्फ्यू आदेश पनि जारी गरेको छ। ‍ एजेन्सी