अर्घाखाँचीभर एमाले, गठबन्धन दलका उम्मेद्वारहरुद्धारा धमाधम मतदाता किनबेच गर्दै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाभर मतदाता किनबेच शुरु भएको छ । 
जिल्लाभरबाट डट्कमलाई प्राप्त समाचार अनुसार नेकपा (एमाले), गठबन्धन दलका उम्मेद्वारहरुले मतदाता किनबेच शुरु गरेका हुन् । 
एमाले तथा गठबन्धन दलका उम्मेद्वारहरुले आफ्ना प्रतिनिधि मार्फत गाउँ – गाउँमा सर्वसाधारण मतदाताहरुलाई पैसा, विभिन्न सामाग्री अफर गरेका छन् । गाउँ – गाउँबाट स्रोतका अनुसार १ हजार, ५ हजारदेखि २०, २५ हजार रुपैयासम्म व्यक्ति हेरि अफर गरेका छन् । भने एक परिवारलाई एक मुस्ट रकम अफर गरेका बताइएको छ । 
यस्तै भूमिकास्थान नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखका उम्मेदवार रेशम थापाले आचारसंहिता विपरित पाइप बाडेका थिए । भूमिकास्थान वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरेको थियो । 
यस्तै मालारानी गाउँपालिका वार्ड नम्बर –३ खनदहमा निर्वाचनमा मतदातालाई प्रभावित पार्ने उदेश्यले पैसा बाडेको पाईएपछि नेपाली कांग्रेसका उम्मेदवारलाई स्थानीयले माफी मगाएका थिए । खनदहमा कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका थिए । 
पाणिनी गाउँपालिका वडा नम्बर २ पाेखराथाेककाे साविक ४ सालघारीमा नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न  रकम बाडेका थिए । एमालेका अध्यक्ष पदका उम्मेदवार माधव गाैतमले मतदातालाई बाँडेको २० हजार र ५० हजार रुपैयाँको चेक  स्थानीयले बरामद गरेका थिए ।
यस्तै सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ कुर, बेवरेमा समाजवादी पार्टीका कार्यालय सचिव नारायण भुसाल नगद बितरण गर्दा गर्दै रु. ७०,०००/- सहित रंगेहात पकाउ परेको बताइएको छ । 
यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ । 

अन्य समाचारहरु