गठबन्धन लोकतन्त्र बचाउन र संविधान को रक्षा गर्न हो:-सचेतक क्षेत्री

अर्घाखाँची डटकम संवाददाता 
अर्घाखाँची ।गठबन्धन लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्नको लागि भएको नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताउनुभएको छ । नेपाली काङ्ग्रेसको छत्रदेव गापा वडा नम्बर ८ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभा लाई सम्बोधन गदै क्षेत्रीले यस्तो बताउनुभएको हो ।आम जनताको रगत ,पसिनाको बलले लिएको संविधान लाई नेकपा एमालेले दुर्घटना तर्फ लैजाने क्रममा आज गठबन्धनले रोक्न सफल भएको बताउनुभएको छ ।
 जनताको बिश्वासलाई बिच बाटोमा छोडेर संविधानको मर्मलाई कुल्चले नेकपा एमालेको प्रयासलाइ रोक्न सफल भएका छौं,संविधान मास्ने लाई भोट माग्ने अधिकार नभएको समेत दाबी गर्नुभएको छ ।वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरु माथि आम जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेता क्षेत्रीले छत्रदेव लगायत सबै पालिकामा गठबन्धन जित सुनिश्चित रहेको समेत ठोकुवा गर्नु  भयो  l

अन्य समाचारहरु