भूमिकास्थानमा गठबन्धनबाट गिलासका झविलाल थापाले २५ सय अन्तरमा चुनाव जित्न सक्ने, एमालेलाई फलामको च्यूरा चपाउनु सरह

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुख पदका लागि ५ दलिय गठबन्धन र नेकपा (एमाले) का उम्मेद्वारहरु चुनावी मैदानमा छन् । 
गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका झविलाल थापा र एमालेबाट पूर्व नगरप्रमुख रेशम थापा
यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन -२०७९ का लागि भूमिकास्थान नगरपालिकाको नगर प्रमुख पदमा ५ दलिय गठबन्धनले राष्ट्रिय जनमोर्चाका झविलाल थापा र एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई उठाएको छ । यस्तै नगर उपप्रमुख पदमा गठबन्धनले नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडे र एमालेले  बसन्ता पौडेललाई उठाएको छ ।
यतिबेला यहाँ दलहरु भोट् माग्न गाउँ- गाउँमा पसेका छन् । भने आज अन्तिम दिन ।  भूमिकास्थानको मेयर र उपमेयर पदमा कसले हार्छ र कसले जित्छ भनेर टोल – टोल, चोक- चोकमा अंक गणित, बहस चलाएको देखिन्छ । 
२०७४ सालको स्थानिय चुनावको मत 
भूमिकास्थान नगरपालिकामा कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९  अर्थात ७१.७७% थियो । जसमा एमाले पीताम्बर भूसाल – ४२५० मत राष्ट्रिय जनमोर्चा कविराम खनाल-  ४५४२ मत माओवादी केन्द्र रेशम थापा – ५३३० मत (विजयी) नयाँ शक्ति प्रेम बन्जाडे- ४६ मत राष्ट्रिय प्रजातन्त्र पाटी धन बहादुर रायमाझी – २२ मत ल्याएका थिए ।  
यस्तै उपमेयरमा नेपाली कांग्रेस खडानन्द बेल्वासे –  ५२३० मत (विजयी), एमाले सुनिता बेल्वासे –  ४७०१ मत राष्ट्रिय जनमोर्चा सकुन्तला राना-   ३५६६ मत नयाँ शक्ति गंगा घिमिरे-  ४१ मत राष्ट्रिय प्रजातन्त्र पाटी पवित्रा पाैडेल-     १५ मत ल्याएका थिए । 
के निस्केला निर्वाचन परिणाम ?
राजनीतिक विश्लेषक तथा पत्रकार हरि प्रसाद भुसालको गरेको विश्लेषण अनुसार विगतको निर्वाचनको तेस्रो शक्तिका विरुद्ध सवै एक भएको भूमिकास्थानमा विगतको नतिजा हेर्ने हो भने गठवन्धनको सहज जित देखिन्छ । विगतको निर्वाचनमा कुल १४ हजार ४ सय ५० सय मत मेयरको लागि खसेकोमा एमालेले ४ हजार २ सय ५० मत प्राप्त गरेको थियो । जुन नगर प्रमुखलाई खसेको कुल मतको करीव ३० प्रतिशत हुन आउछ ।
२०७४ सालको निर्वाचनको मितिदेखी हालसम्म भएको उतारचढावले अहिलेको मतपरिणामलाई कति प्रभाव पार्छ हेर्नै बाँकी छ तर ७० प्रतिशत मत अर्कोतिर अनि ३० प्रतिशत मत आफुतिर भएको अवस्थामा एमालेलाई भूमिकास्थानमा यो पटक जित हासिल गर्नु फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । यद्यपी निर्वाचनको मतगणना अघि मतपरिणामको आँकलन गर्न सक्ने अवस्था छैन ।
राजनीतिक जोडघटाउ कस्तो ?
यस्तै राजनीतिक विश्लेषक भुसालको गरेको विश्लेषण अनुसार २०७४ सालमा रेशम थापाले क्षेत्रीयताको कारण एमालेको करीव ७०० भोट काटेको अनुमान गरिन्छ । यसर्थ भूमिकास्थानमा एमालेको मत करीव पाँच हजार हो । यस विचमा तत्कालिन निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्यासी पिताम्वर भुसाल लगायतको समूह नेकपा एकीकृत समाजवादीमा छ । जुन समूहसंग करीव ५०० भोट रहेको अनुमान गरिन्छ । त्यस्तै माओवादीबाट करीव ७०० को हाराहारीमा नेता तथा कार्यकर्ता एमालेमा गएको अनुमान गरिन्छ । जसका कारण यो पटक एमालेको मत ५ हजार दुई सयदेखी ५ हजार ५ सय हुनसक्छ । यो पाँच वर्षको विचमा थपिएका मतदाता मध्ये १ हजार ५ सय जनाले एमाले रोजेको अवस्थामा यो निर्वाचनमा एमालेको मत ७ हजार देखि ७ हजार ५ सय हाराहारी हुने देखिन्छ ।
यता गत निर्वाचनमा जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका कविराम खनालले ४ हजार ५ सय मत प्राप्त गरेको भएपनि यो पालिकामा जनमोर्चाको मत ३ हजार ५ सय हाराहारी हो । हाल नगर प्रमुखको उम्मेदवार बनेका जनमोर्चाका झविलाल थापाले नेपाली काँग्रेसको ३ हजार, नेकपा माओवादी केन्द्रको ७०० र एकीकृत समाजवादीको ५०० हाराहारी मत प्राप्त गर्दा गठबन्धनतर्फ कुल ७ हजार ७ सय मत हुनसक्छ । जसमा नयाँ थपिएका मतदाता मध्ये २ हजार ५ सयले गठवन्धन रोजेको अवस्थामा झविलाल थापाले १० हजार भन्दा बढी मत प्राप्त गर्ने देखिन्छ । 
यसर्थ यो निर्वाचनमा क्षेत्रीयताको हिसावले रेशम थापाले नुवाकोट, खिल्जी असुरकोटको मत नकाटेको अवस्थामा र गठवन्धनमा रहेका अन्य राजनीतक दल निकट मतदाताबाट बेइमान नभएको अवस्थामा दुई हजार देखी २ हजार पाँच सय मतको अन्तरमा गठवन्धन पक्षधर झविलाल थापाले भूमिकास्थानको नेतृत्वमा जित हात पार्ने संभावना देखिन्छ ।
स्थानिय तहको निर्वाचन -२०७४ 

भूमिकास्थान नगरपालिका (कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९  – ७१.७७%  )

मेयर

एमाले पीताम्बर भूसाल –                          ४२५० मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल-             ४५४२ मत
माओवादी केन्द्र रेशम थापा –                   ५३३० मत (विजयी)
नयाँ शक्ति प्रेम बन्जाडे-                                ४६ मत
राष्ट्रिय प्रजातन्त्र पाटी धन बहादुर रायमाझी – २२ मत
अन्य-                                                     ० मत

उपमेयर

नेपाली कांग्रेस खडानन्द बेल्वासे –             ५२३० मत (विजयी)
एमाले सुनिता बेल्वासे –                            ४७०१ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना-                ३५६६ मत
नयाँ शक्ति गंगा घिमिरे-                                  ४१ मत
राष्ट्रिय प्रजातन्त्र पाटी पवित्रा पाैडेल-                 १५ मत
अन्य-                                                         ० मत

विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १०)
१ वार्डबाट  राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल    ५७२ मत (विजयी)
२ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा                   (विजयी)  
३ वार्डबाट माअाेबादी केन्द्र  बालकृष्ण बन्जाडे                ( विजयी)
४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार                       (बिजयी)
५  वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे                      ( बिजयी)
६ वार्डबाट नेपाली कांग्रेस झबिलाल बन्जाडे                    ( विजयी)  
७ वार्डबाट नेकपा एमाले तारा मल्ल                                  (बिजयी)
८ वार्डबाट एमाले  कुमार श्रेष्ठ                                            ( विजयी)
९ वार्डबाट एमाले नारायण प्रसाद खनाल                            (विजयी)
 १० वार्डबाट एमाले खगेश्वर पन्थी                     १००६ मत (विजयी)

अन्य समाचारहरु