गठबन्धनद्धारा सन्धिखर्कको कुरमा आक्रमण गरि ७० हजार लुट्ने एमालेलाई कारबाही गर्न माग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एमाले) ले नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप भन्दै गठबन्धन दलहरुले कारबाहीको माग गरेका छन् ।  
सन्धिखर्क – २ कुरमा एमालेको ६०, ७० जनाको समुहले गठबन्धन दल एकीकृत समाजवादी सचिव नारायण भुसाल र माओवादी केन्द्रका युवा नेता बन्धु नेपाली लगायतका कार्यकर्ताहरुलाई आक्रमण गरि  ७० हजार रुपैयाँ लुटेको भन्दै गठबन्धन दलहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै  प्रहरी प्रशासनसँग कारबाहीको माग गरेका हुन् ।  
कुरमा मदिरा सेवन गरि बाईकमा आएका एमालेका ६०, ७० जनाको समुहले लुटपाट गरेका गठबन्धन दलको दावी छ । घटना बेहोरे कुर नेटा मिल नेर नारायण भुसालको घर नजिक भएको हो ।  ७० हजार रुपैयाँ प्रहरीले नियत्रणमा लिएको छ ।       
उता एमाले पक्षले सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ कुर, बेवरेमा समाजवादी पार्टीका कार्यालय सचिव नगद बितरण गर्दा गर्दै रु. ७०,०००/- सहित रंगेहात पकाउ भन्ने हल्ला मच्चाएका थिए । 
यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।

अन्य समाचारहरु