ढिकुरामा कांग्रेसद्धारा गठबन्धनका उम्मेद्वारलाई भोट् हाल्न सबै एमालेका कार्यकर्तालाई अपिल

पारस भट्टराई
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस भुमिकास्थान-९, ढिकुराले मतदातालाई सचेत भएर मताधिकारको प्रयोग गर्न आग्रह गरेको छ।
 
आज रातीदेखी मौन अवधी सुरु हुने भएपछी कांग्रेसले गठबन्धनका तर्फबाट संदेश जारी गर्दै ढिकुरामा यसपाली नयाँ नेतृत्व आउने र विकास नयाँ ढंगले अँगाडी बढ्ने विश्वास व्यक्त गरेको छ।
विगतमा पाएको दुख, भोगेको सास्ती र तिरस्कार सम्झिएर मत कहाँ दिने भनेर निष्कर्ष निकाल्न मतदाता लाई आग्रह गरिएको छ। विभिन्न प्रलोभनमा पार्ने, लोभ देखाउने, धम्की दिनेसम्मका कार्य हुनसक्ने भएकाले सचेत बन्न तथा त्यस्तो गतिविधी भए तुरुन्त प्रहरी वा आफुहरुलाई खबर गर्न कांग्रेसले आव्हान गरेको छ।
 
मतदान गोप्य हुने भएकाले बितेको ५ वर्षको मुल्याङकन तथा भविष्यको सुनिश्चितता हेरेर भोट दिन अपिल गरिएको छ।
 
निर्वाचन भयरहित, शान्तिपुर्ण तथा मित्रवत् वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेस र गठबन्धनका साथीहरु प्रतिबद्ध रहेको तथा प्रतिपक्षी मित्रहरुमा पनी निर्वाचनलाई सम्पन्न गर्न सोहार्दपुर्ण वातावरण कायम गर्न आग्रह गरेको छ। निर्वाचन पश्चात ढिकुराको विकासमा एकाकार भएर लाग्नुपर्ने भएकाले यहाँका सबै दलहरुलाई मिलिजुली निर्वाचन सम्पन्न गर्न आआफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न कांग्रेस सचिव लक्ष्मण घिमिरेले आग्रह गरेका छन्। 
साथै निर्वाचन कार्यालयले तोकेको आचारसंहिता पालनामा आफुहरु कटिबद्ध रहेको र अन्य दलबाट समेत आचारसंहिताको पुर्ण पालनाको अपेक्षा गरिएको उनले बताएका छन्।

अन्य समाचारहरु