अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेकपा एमालेले आफ्नो हारबाट अतालिएर मनपरी गर्न थालेको गठबन्धन नेताहरुले आरोप लगाएका छन् ।
जिल्लामा नेकपा एमालेले आफ्नो हारबाट अतालिएर मनपरी गर्न थालेको गठबन्धन नेताहरुले आरोप लगाएका हुन् ।
कार्यक्रममा गठबन्धनका नेताहरुले जिल्लाका ६१ वार्ड र ६ पालिकामा एमालेलाई चुनाव अगाडि नै हार स्विकार गर्न आग्रह गरेका छन् । एमालेले आफ्नो हारबाट अतालिएर मनपरी गर्न थालेको नेताहरुले आरोप लगाए ।
मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु , सामग्री बाड्नु , पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनिहरुले दावी गरे । सन्धिखर्क-७ खाचिकोटका विभिन्न स्थानमा संयुक्त गठबन्धनले गरेको बृहत चुनाबी सभा तथा घरदैलो कार्यक्रममा यस्तो भनेका हुन । अर्घाखाँचीका विभिन्न स्थानहरुमा भएका कार्यक्रमहरुमा गठबन्धनमा आबद्द दलहरुका जिल्ला तथा केन्द्र स्तरीय नेताहरुले एमालेको अन्तरआत्माले हार स्विकार गरिसकेको र अब एमाले पत्तासाफ हुने दावी गरे ।
देशमा एमाले नामको पार्टिले निरन्तर लोकतन्त्र माथी आक्रमण गरिरहेको कारण सबै एकजुट भएको उल्लेख गरे । काङ्रेसको नेतृत्वमा अर्घाखाँचीमा धेरै कार्य भएको तर एमालेहरु भ्रम बाड्दै हिडेकोमा नेताहरुले आपत्ती पनि जनाए ।
सन्धिखर्कका कार्यक्रमका क्रममा नगर प्रमुखका उमेद्वार शान्ता भन्डारी र उप प्रमुखका उमेदवार राजेन्द्र भुसालले आफुहरु नगरको मुहार फेर्न कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।
उता एमाले सन्धिखर्क – २ कुरमा एमालेको ६०, ७० जनाको समुहले गठबन्धन दल एकीकृत समाजवादी सचिव नारायण भुसाल र माओवादी केन्द्रका युवा नेता बन्धु नेपाली लगायतका कार्यकर्ताहरुलाई आक्रमण गरि ७० हजार रुपैयाँ लुटेको भन्दै गठबन्धन दलहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनसँग कारबाहीको माग गरेका छन् ।
नेपाली कांग्रेसका नेता बिष्णु मुस्कानले नेकपा एमालेका कार्यक्रताहरुलाई गठबन्धनका उमेदवारहरुलाई जिताउनको लागि मतदान गर्न आग्रह गरेका छन् ।
यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।