केशबराज ज्ञवाली / अर्घाखाची डटकम
बैशाख ३० अर्थात भोलि देशभर एकै साथ हुने स्थानिय तहको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्न सुरक्षाकर्मी , पत्रकार , बुद्दिजिवी , स्थानिय , समाजसेवी सबैले आ आफ्नो तवरले सहयोग गर्नुहुन समेत निर्वाचन आयोगले सबैमा अपिल गरेको छ ।
निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनको दिन मतदानस्थल भित्र मोबाइल, क्यामेरा , चुनाव चिन्ह अंकित लोगो , लगायतका सामग्री हरु लैजान नमिल्ने आयोगले बताएको छ ।